Comments Add Comment

भवन उद्घाटन गर्न राष्ट्रपति बैतडी जाँदै, नगरपालिकाभर बिदा

१४ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भवन उद्घाटनका लागि बिहीबार बैतडी जाने भएकी छन् ।  राष्ट्रपति जाने भएपछि बैतडीस्थित पाटन नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

बैतडीको पाटन नगरपालिका–६ मा निर्माण भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भवन उद्घाटनका लागि राष्ट्रपति भण्डारी बिहीबार बैतडी जान लागेकी हुन् । त्यस्तै, नागरिक अभिनन्दनलगायतका कार्यक्रम पनि नगरपालिकाले राखेको छ ।

राष्ट्रपति भण्डारी सुदूरपश्चिम प्रदेशको ५ दिने भ्रमणका लागि कैलाली जाँदै छिन् । कैलालीपछि उनी त्यतैबाट डोटी जान लागेकी हुन् । राष्ट्रपतिबाट आज मध्याह्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन र आजै २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पहिलोपटक नगरपालिकामा आउन लागेकाले स्वागतका लागि १ दिन सार्वजनिक बिदा दिइएकाे पाटन नगरपालिकाका प्रमुख केशबबहादर चन्दले जानकारी दिए ।

‘राष्ट्रपतिज्यू पहिलोपटक हाम्रो नगरपालिकामा आउँदै हुनुहुन्छ । उहाँको स्वागतका लागि १ दिन नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेका हौं,’ नगर प्रमुख चन्दले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment