+
+

अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा स्टल राखेर भिजिट नेपालको प्रचार

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १४ गते ११:४६
Photo Credit : रियल पाटी

बोस्टर्न । अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा स्टल राखेर भिजिट नेपाल २०२० को प्रचार गरिएको छ । ‘एसिया र अन्तर्राष्ट्रिय सम्बन्धका लागि हार्वर्ड आयोजना’ विषयक अन्तर्राष्ट्रिय कार्यक्रममा भिजिट नेपालबारे जानकारी दिइएको हो ।

फेब्रुअरी १४ देखि १७ सम्म अमेरिकाको हार्वर्ड युनिभर्सिटीमा आयोजित कार्यक्रममा जापानमा अध्ययनरत नेपाल सरकारका शाखा अधिकृतद्वय विवेक घिमिरे र चन्द्रिका पण्डित तथा नेपालबाट सनिल श्रेष्ठ सहभागी भएका थिए ।

विश्वका विभिन्न ७० देशबाट चार सय ५० जनाको सहभागिता रहेको कार्यक्रममा संयुक्त राष्ट्र सङ्घ शरणार्थी निकाय (यूएनएचसीआर)का निर्देशक, हार्वर्ड विश्वविद्यालयका प्राध्यापक तथा उच्च अधिकारीको सहभागिता रहेको सनिलले जानकारी दिए ।

कार्यक्रम स्थलमा नेपाली खाना खुवाउनुका साथै भिजिट नेपालको लोगोसहितका प्रचार सामग्रीहरूको प्रदर्शनी गरिएको श्रेष्ठले बताए ।

नेपालका सहभागीहरूले नेपालको कला, संस्कृति तथा भौगोलिक अवस्थासँगै दक्षिण एसियाको भौगोलिक र राजनीति अवस्थाबारे छलफल तथा बहस गरेको श्रेष्ठले जानकारी दिए ।

विदेशीहरुलाई भिजिट नेपाल २०२० बारे जानकारी दिँदा उनीहरु नेपाल घुम्न आउन इच्छुक देखिएको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?