+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

हुवावेले ल्याउँदैछ गुगल विनाको शक्तिशाली स्मार्टफोन, मार्च २६ मा सार्वजनिक हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १४ गते १२:३७

चिनियाँ कम्पनी हुवावेले आगामी मार्च २६ तारेखमा आफ्नो पि ४० सिरिजका स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।

हुवावे टेक्नोलोजिजका सिइओ रिचार्ड यूले सोमबार यस्तो घोषणा गरेका हुन् । उक्त दिन पि४०, पि४० प्रो र सुपथ मूल्यको पि४० लाइट गरी तीनवटा स्मार्टफोन एकसाथ लञ्च गर्ने योजना हुवावेको छ ।

पि४० सिरिजका स्मार्टफोनहरुले हुवावे कम्पनीको इतिहासमा ठूलो अर्थ राख्नेछन् । किनकी यी स्मार्टफोनहरु हुवावेको पि सिरिजको पहिलो त्यस्तो स्मार्टफोन हुनेछन् जसमा गुगलका कुनै पनि एप हुनेछैनन् ।

गुगलमुक्त यी स्मार्टफोनमा जिमेल, युट्युब, गुगल म्याप तथा गुगल प्लेस्टोर लगायतका गुगलका कुनै पनि सेवा उपलब्ध हुने छैनन्।

उता गुगलले हालै हुवावेका आगामी फोनहरुमा गुगलका कुनै पनि एपहरु डाउनलोड नगर्न चेतावनी जारी गर्दै हुवावेका नयाँ डिभाइसमा आफ्ना एपहरुको विश्वसनीयता तथा सुरक्षाको ग्यारेन्टी गर्न नसकिने बताएको छ ।

हुवावेले ल्याउने तीनवटा यी नयाँ स्मार्टफोन मध्ये पि४० प्रो सबैभन्दा शक्तिशाली हुनेछ । त्यसमा पाँचवटासम्म क्यामरा हुनेछन् । ती क्यामरा मध्ये मूख्य क्यामरा ६४ मेगापिक्सेलको हुनेछ ।

त्यस्तै स्मार्टफोनको ओएलइडी डिस्प्ले ६.७ इन्चको हुने बताइएको छ भने मूल्य १ हजार युरोभन्दा माथि हुनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?