Comments Add Comment

इनिङ्स अन्तरको जितसहित जिएचसीए फाइनलमा

काठमाडौं । ग्रेट हिमालयन क्रिकेट एकेडेमी जिएचसीए दोस्रो हिमालयन क्रिकेट लिग यु-१९ दुई दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

समूह बी मा आफ्नो दोस्रो खेलमा नेक्सस क्रिकेट एकेडेमीलाई एक इनिङ्स र ६३ रनले पराजित गर्दै जिएचसिएले अपराजित रहेर फाइनल स्थान पक्का गरेको हो । तीन टोली रहेको समूह बी मा दुवै खेल जित्दै जिएचसीए समूह विजेता बन्यो ।

दोस्रो दिन नेक्ससले ९ रन जोड्दा अन्तिम दुई विकेट गुमाएपछि ४२ ओभरमा ११७ रनमै अलआउट भयो । कृष कार्की र रमेश बुढाले दिनको खेल अगाढि बढाएका थिए । तर रमेश १ र सार्थक न्यौपाने २ रन बनाएर आउट भए । कृष २३ रनमा अविजित रहे । अन्तिम दिन १ विकेट थपेका जिएचसीएका अरिया पौडेल एक्लैले ८ विकेट लिए । उनले १ ८ ओभरमा ८ मेडन राख्दै २९ रन खर्चेर ८ विकेट लिएका हुन् ।

यस्तै प्रशान्त सिंह र अभिषेक बस्नेतले १-१ विकेट लिए । नेक्ससका लागि लागि दवस्रो इनिङ्समा महेश राना र कृष कार्कीले समान २३ रन जोडे ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले पहिलो इनिङ्समा ४० रन मात्र बनाउन सकेको थियो । जिएचसीएले भने कप्तान बरिफ शेख र प्रशान सिंहको अर्धशतकमा पहिलो इनिङ्समा २२० रन बनाएको थियो ।

पहिलो इनिङ्समा जिएचसिएका मुहम्मद हुसेनले ५ विकेट लिएका थिए । यस्तै नेक्ससका नरेन साउदले ६ विकेट लिएका थिए ।
खेलमा ९ विकेट लिएका जिएचसीएका अरियो पौडेल म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा समूह ए मा रहेका काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर र ओएसिस क्रिकेट एकेडेमीबीच हुनेछ । उक्त खेलमा विजयी हुने ६म फाइनल पुग्नेछ। दुवैद्ये समूहमा यसअघि बालुवाटार क्रिकेट एकेडेमिलाई पराजित गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment