Comments Add Comment

पारस बने महिन्द्राको ब्रान्ड एम्बेसडर, चढ्न थाले ५१ लाखको गाडी

१४ फगुन, काठमाडौं । महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटले नेपाली क्रिकेटर तथा राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । बुधबार काठमाडौंमा भएको एक कार्यक्रमका बीच उनलाई अग्नि इन्कर्पोरेटले एम्बेसडरमा नियुक्त गरेको हो ।

खड्काले अब कम्पनीको महिन्द्राको महिन्द्राको एक्सयुभी ३०० चढ्न सुरु गरेका छन् । खड्कालाई अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले गाडीको चावी हस्तानतरण गरे ।

ब्रान्ड एम्बेसडरका रुपमा नियुक्त भएलगत्तै खड्काले ५० लाख ७५ हजार मूल्यको महिन्द्रा एक्युभी ३०० को ‘डब्लु ८’ भेरियन्ट चढ्न सुरु गरेका हुन् । खड्काले आकर्षक, सुरक्षित र स्तरीय पर्फर्मेन्स भएको गाडी भएकाले महिन्द्रा आफ्नो रोजाइमा परेको बताए । यसअघि पारस यही समूहको डिस्ट्रिब्युटरसिप रहेको मोटरसाइकलको पनि ब्राण्ड प्रबर्द्धक थिए ।

ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड विजेता गाडी एक्सयूभी ३०० खड्काले पाएका हुन् ।

‘अग्नि ग्रुपसँग मेरो सदैव असल सम्बन्ध रहेको छ, म यो ग्रुपको डिस्ट्रिब्युटरसीप रहेको मोटरसाइकलको यसअघि नै ब्रान्ड प्रवर्द्धक रहिसकेको छु’ खड्काले भनेे, ‘अग्नि ग्रुपसँगको मेरो सम्बन्ध २०६३/६४ साल (सन् २००६-७) देखिकै हो, त्यसयता लामो समयदेखि मेरो अग्नि ग्रुपसँग सुमधुर सम्बन्ध रहँदै आएको छ । हामीले आफ्नो सम्बन्धमा पूर्णव्यवासयिक र व्यक्तिगत सन्तुलन कायम राख्दै आएका छौं । यो सहकार्यबाट म निकै हषिर्त छु ।’

आफ्नो पेशागत कारणले एसयूभी गाडी सदैव प्राथमितकताको सूचीमा पर्ने गरेको खड्काले बताए । ‘मेरो पेशागत कारणले एसयूभी -स्पोर्टस युटिलिटी) गाडी सदैव मेरो प्राथमिकता सूचीमा पर्दै आएको छ, जहाँसुकै जाँदा पनि यसमा मैले मेरो थप भारी लगेज लैजान सक्छु’ खड्काले भने, ‘त्यसैले म सवारी साधनका रूपमा सुरक्षा, आरामदायी र विश्वसनीयता हेर्ने गर्छु । सुरक्षित र शानदार फाइभस्टार रेटिङयुक्त महिन्द्राको एसयूभी एक्सयूभी ३०० आफूले प्राप्त गर्दा म अत्यन्तै प्रफुल्लित छु ।’

यस अधि १० जेष्ठ २०७६ मा अग्नि ग्रुपले पूर्व मिस नेपाल शृङ्खला खतिवडालाई तीन बर्षको लागि ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरिएको थियो भने पारस खड्का दुई बर्षका लागि ब्रान्ड एम्बेसडर बनेका छन् ।

उनले महिन्द्रा एक्सयूभी ३०० कालागि अग्नि ग्रुपप्रति आभार व्यक्त गरे । समारोहमा अग्नि ग्रुपका कम्पनी वरिष्ठ निर्देशक तथा सचिव दुर्गाप्रसाद आचार्य र उप निर्देशक बरदान बस्नेत लगायत पूर्व मिस नेपाल शृङ्खला खतिवडा लगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment