Comments Add Comment

मारिया सारापोभाले लिइन् सन्यास

काठमाडौं । रसियन टेनिस खेलाडी मारिया सारापोभाले सन्यास घोषणा गरेकी छिन् । पाँच पटकको ग्राण्डसलाम च्याम्पियन तथा पूर्वविशव नम्बर एक खेलाडी सारापोभाले बुधबार सन्यास घोषणा गरेकी हुन् ।

चोटसँग संघर्ग गरिरहेकी सारापोभा पछिल्लो समय खराब फर्ममा थिइन् । उनले विश्व वरीयतामा अहिले ३७३औं स्थानमा छिन् ।

उनले सन्यास घोषणा गर्दै भनेकी छिन् । ‘म यसको लागि नयाँ हुँ, त्यसैले मलाई माफ गर । टेनिस- म गुडबाई भन्दै छु ।’

सन् २००६ देखि २०१२ सम्ममा सारापाभाले विश्वको चारवटै ग्राण्डसलाम जितेकी थिइन् ।

भ्यानिटीफेयर म्यागाजिनमा एक लामो लेख लेख्दै सारापोभाले अब आफ्नो शरीरको लय ठीक नरहेको बताएकी छिन् । सन् २०१६ मा ड्रग टेष्टमा पोजिटिभ देखिएपछि उनलाई दुई वर्षको प्रतिबन्ध लगाइएको थियो र पछि १५ महिनामा प्रतिबन्ध सकाइएको थियो । प्रतिबन्धबाट २०१७ मा टेनिसमा पुनः फर्किएकी सारापोभाले पुरान लयमा खेल्न सकिनन् र चोटसँग संघर्ष गर्नुपर्‍यो ।

सन् २००४ मा १७ वर्षको उमेरमै विम्वलडन ओपन ग्राण्ड्सलाम जितेकी सारापोभाले २०१२ मा फ्रेन्च ओपन जित्दै चारवटै वटा ग्राण्डसलाम जितेर करियर ग्राण्डसलाम पूरा गरेकी थिइन् । त्यसपछि उनले २०१४ मा फेरि विम्वलडन जितिन् ।

उनी सन् २००५ मा पहिलो पटक विश्व नम्बर एक वरीयतामा पुगेकी थिइन् । २०१७ मा टेनिसमा फर्केपछि उनले तियनजिन ओपनको उपाधि जितेकी थिइन् । यो उनको करियरको ३६औं र २०१५ पछि पहिलो उपाधि थियो ।

‘अहिले पछाडी फर्केर हेर्दा मलाई अनुभव हुन्छ कि टेनिस मेरो लागि हिमाल थियो । मेरो बाटो उपत्यका र घुमाउरो बाटोले भरिएको थियो, तर शिखरबाट देखिने दृश्य अनौठो थियो ।’ सारापोभाले भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment