+
+
Shares

पाठ्यसंरचना नसच्याइए प्रयोगात्मक परीक्षा बहिष्कार गर्ने सीफ्यानको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १४ गते २०:२८

१४ फागुन, काठमाडौं । कम्प्यूटर फ्याकल्टी एशोसिएसन अफ नेपाल (सीफ्यान)ले आगामी शैक्षिक सत्र २०७७ देखि कक्षा ११ र १२ मा लागू हुने पाठ्यसंरचना सुधार गर्न राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण गराएको छ ।

कक्षा ११ र १२ का विद्यार्थीले ऐच्छिक विषयको रुपमा पनि कम्प्यूटर विषय अध्ययन गर्न नपाउने व्यवस्था गरेको भन्दै सीफ्यानले उक्त व्यवस्था तत्काल सच्याउन माग गर्दै बुधबार राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय हेटौंडामा ध्यानाकर्षण पत्र बुझाएको हो ।

सीफ्यान चितवनको अध्यक्ष हरिप्रसाद सापकोटा नेतृत्वको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै पाठ्यसंरचना सुधारमा बेवास्ता गरिए कक्षा ११ र१२ को प्रयोगात्मक परीक्षामा बाह्य परीक्षकको रुपमा नखट्ने चेतावनी समेत दिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?