+
+
Shares

साझा पार्टीको राष्ट्रिय भेला सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १५ गते १२:४२

१५ फागुन, काठमाडौं । साझा पार्टीको तीन दिने राष्ट्रिय भेला लुम्बिनीमा सुरु हुँदैछ । भेलाको बिहीबार मध्यान्ह तीन बजे उद्घाटन हुने पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार भेलाका सहभागीहरूले साँझ मायादेवी मन्दिरमा शान्ति दीप प्रज्वलन गर्ने, शुक्रबार समूहगत प्रस्तुति तथा छलफल र अन्तिम दिन छलफलमा उठेको प्रश्नको जवाफ केन्द्रीय नेतृत्वले दिने कार्यक्रम छ ।

अन्तिम दिन नै पार्टीको रणनीति र कार्ययोजना पारित गरी लुम्बिनी घोषणापत्र जारी हुने उनले बताए । भेलामा सातै प्रदेश र विदेशस्थित सद्भाव समूहबाट समेत गरेर पाँच सय अगुवा सदस्यहरू सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?