+
+
Shares

लागूऔषध मुद्दामा यती समूहका शेर्पाको आज बयान

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १५ गते १३:२५

१५ फागुन, काठमाडौं । लागू औषधसहित पक्राउ परेका यती समूहका सदस्य नवाङ पासाङ शेर्पाको आइतबार जिल्ला अदालत काठमाडौंमा बयान हुँदैछ ।

माघ १८ गते पक्राउ परेका शेर्पासहित चार जनालाई जिल्ला सरकारी वकिल कार्यालयले लागूऔषधसम्बन्धी अभियोगसहित जिल्ला अदालतमा पेश गरेको थियो । शेर्पाको बिहीबार बयान हुने जिल्ला अदालत काठमाडौंमा श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । यह

शेर्पा गत वर्ष भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका आङछिरिङ शेर्पाका छोरा हुन् । शेर्पासहित ४ जनालाई प्रहरीले स्वयम्भू क्षेत्रबाट लागू औषध खैरो हिरोइनसहित गत माघ १८ गते पक्राउ गरेको थियो ।

प्रहरीले लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?