Comments Add Comment

गुल्मीमा आगलागी हुँदा एक घरमा क्षति

१५ फागुन, गुल्मी । गुल्मीको इश्मा गाउँपालिका–५ दमारामा बिहीबार आगलागी भएको छ ।

आगलागीबाट स्थानीय राजु घर्तीको घरमा क्षति पुगेको इश्मा गाउँपालिकाका कार्यपालिका सदस्य बोमबहादुर कुमालले जानकारी दिए ।

घर्तीको खरको छानो भएको २ तले घर जल्दा घरमा भण्डारण गरी राखेको अन्नपात समेत जलेर नष्ट भएको उनले बताए ।

आगलागीबाट घर्तीको १० वटा बाख्रा, १ वटा गाई जलेर मरेको उनले बताए । दुईवटा गाई जलेर घाइते अवस्थामा रहेको उनले बताए । घरको छेउमा बाँधेका गाई–बाख्रा आगलागीमा परेको कुमालले बताए ।

स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट करिब ३ लाख रुपैयाँ बढीको क्षति भएको कुमालले बताए ।

आगलागीको वास्तवीक कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment