+
+
Shares

ललिता निवास प्रकरणमा विष्णु पौडेल पीडित हुन् : नेकपा सांसद भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १५ गते १४:४९

१५ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद खिमलाल भट्टराईले ललिता निवास प्रकरणमा पार्टीका महासचिव विष्णु पौडेल पीडित भएको बताएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा नेकपा सांसद भट्टराईले अख्तियारको कामलाई सरकारसँग जोडेर विपक्षीले भ्रम फैलाएको बताए । ‘जमिन किन्नेहरु कसरी उन्मुक्त भए ? चोरले चोरेको सामान फिर्ता गरेपछि उन्मुक्ति पाउँछ भनेर पनि प्रश्न उठाउने गरिएको छ’ उनले भने, प्रश्न ठीकै हो । सामान फिर्ता गरेपछि चोरले उन्मुक्ति पाउन सक्दैन । तर यो त्यस्तै हो र ?’

उनले अघि भने, ‘यो त व्यक्तिको नाममा रहेको र व्यक्तिको नामबाट किनबेच हुँदै आएको जग्गा मालपोतमा नियमानुसार दस्तुर तिरेर खरिद गरिएको हो । जग्गा फिर्ता गर्नुपरेपछि उ त पीडित पो बन्न पुग्दछ ।’

पार्टी महासचिव पौडेलको नाम उल्लेख नगरी उनले आफ्नो दायित्व सम्झेर सहज रुपमा जग्गा फिर्ता गर्नुलाई नकारात्मक रुपमा प्रचार गर्नु पूर्वाग्रह भएको बताए । साथै सरकारले जोगायो भन्नु हस्यास्पद भएको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?