Comments Add Comment

खरिपाटी क्वारेण्टाइनमा राखिएका १७५ जना १४ औं दिनमै घर जान नपाउने

११ दिनअघि चीनबाट नेपाल ल्याएर भक्तपुरको खरीपाटीस्थित क्वारेण्टाइनमा राखिएका १ सय ७५ जना नेपालीले १४ दिनमै परिवारलाई भेट्न नपाउने भएका छन् ।

१४ औ दिनको दिन अन्तिम पटक स्वाब ( र्‍याल, खकार) परीक्षण गरे पनि रिपोर्ट नआएसम्म उनीहरु घर जान नपाउने भएका हुन् ।

‘१४ औ दिनमा हामीले कोरोना संक्रमण छ/छैन भनेर नमुना ल्याबमा पठाउँछौं, रिपोर्ट आउन २ देखि ३ दिनसम्म लाग्न सक्छ’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले भने, ‘पूरा रिपोर्ट आएपछि मात्रै हामी उहाँहरुलाई घर पठाउँछौ।’

चिकित्सकहरुको निगरानीमा रहेका १ सय ७५ जना नागरिकहरलाई अहिलेसम्म ज्वरो आउने तथा रुघाखोकी नलागेको दाहालले बताए । भने, ‘अहिलेसम्म कसैलाई पनि आइसोलेसनमा पठाउनु परेको छैन ।’

क्वारेण्टाइनमा राखिएका विमानका चालक दलका सदस्यलगायत सबैलाई हरेक दिन जाँच गरिएको थियो । जाँच गर्दा ज्वरो या रुघाखोकी देखिए तत्काल एम्बुलेन्स मार्फत अस्पताल पठाउने समेत व्यावस्था थियो । क्वारेण्टाइनमा राखिएकाहरुको निगरानी गर्न सेना/प्रहरीका ८० जना स्वास्थ्यकर्मी खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment