Comments Add Comment

भरतमोहनको स्मृतिमा कार्यक्रम हुने

१६ फागुन, काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं दिवंगत भरतमोहन अधिकारीको प्रथम स्मृतिसभा काठमाडौंमा हुने भएको छ ।

अधिकारीको निधनको वार्षिकीको अवसर पारेर आइतबार दिउँसो २ बजे राष्ट्रियसभा गृहमा स्मृति कार्यक्रम आयोजना गर्न लागिएको हो ।

अधिकारीको ८२ वर्षको उमेरमा गत वर्ष फागुन १८ गते निधन भएको थियो । भरत मोहन अधिकारी स्मृति फाउण्डेशनले गर्न लागेको कार्यक्रमको प्रमुख अतिथि नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन् ।

फाण्डेशनका अनुसार कार्यक्रममा प्रचण्डसहित नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, काँग्रेस नेता डा. शेखर कोइराला, राप्रपाका सह–अध्यक्ष एवं पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीलगातयका नेताले अधिकारीकाबारेमा धारणा राख्नेछन् । स्वर्गीय अधिकारीकी छोरी लीमा अधिकारीले स्मृति कार्यक्रममा ‘हाम्रो नजरमा भरतमोहन’नामक पुस्तकको विमोचनसमेत हुने जानकारी दिइन् ।

२०५१ मा तत्कालीन एमालेको ९ महिने अल्मपतको सरकारमा अर्थमन्त्री रहेका अधिकारीले वृद्धभत्ता वितरण कार्यक्रम थालेका थिए । सो रकम वृद्धि भएर हाल मासिक ३ हजार पुगेको छ । यस्तै, ‘आफ्नो गाउँ आफैं बनाऔं’ नामको कार्यक्रममार्फत स्थानीय निकायमा बजेट पठाउन पनि उनले नै सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment