+
+
Shares

कोरोना संक्रमणबाट इरानमा एक खेलाडीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १६ गते १६:१६

काठमाडौं । कोरोना संक्रमणबाट इरानमा एक खेलाडीको मृत्यु भएको छ । इरानको राष्ट्रिय टिमबाट फुटसल खेलिसकेकी २३ वर्षीय एल्हाम शेइखको उपचारको क्रममा मृत्यु भएको त्यहाँको न्युज एजेन्सी रोखनाले जनाएको छ ।

उनी १० दिनअघि इरानको कोम हस्पिटलमा भर्ना भएकी थिइन् र उपचारको क्रममा बुधबार निधन भएको हो ।

इरानमा कोरोनाको संक्रमण बढीरहेको छ  । अहिलेसम्म २४५ जनामा कोरोना संक्रमण देखिएको छ भने २६ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?