Comments Add Comment

नेपाल स्वर्ग हो, सबै मिलेर समृद्ध बनाऔं : राज्यमन्त्री मानन्धर

'समृद्ध नेपाल निर्माणमा इन्जिनियरहरुको भूमिका अतुलनीय'

१७ फागुन, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले समृद्ध नेपाल निर्माणमा इन्जिनियरहरुको भूमिका अतुलनीय हुने बताएका छन् ।

शनिबार १६ औं राष्ट्रिय युवा ईन्जिनियर सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा मन्त्री मानन्धरले कहिलेकाहीँ गलत इन्जिनियरिङका कारण विकासका संरचनाहरु भताभुंग हुने गरेको बताउँदै सचेत भएर काम गर्न इन्जिनियरहरुलाई सुझावसमेत दिए ।

काठमाडौंको कालिमाटीस्थित पुलको उदाहरण दिँदै मन्त्री मानन्धरले कतै–कतै गलत इन्जिनियरिङका कारण समस्या परेको बताउनुभयो ।

आइतबारदेखि शुरु हुने युवा इन्जिनियरहरुको सम्मेलनमा १६ सय ईन्जिनियरहरु सहभागि हुँदै छन् ।

देशको नेतृत्वकर्ता र व्यवस्थापकबीच कामको तालमेल हुन सकेमा मुलुकलाई स्वर्ग बनाउन सकिने बताए । राजनीतिक तहबाट आएका विकासका खाकालाई मुर्त रुप दिन व्यवस्थापकहरु सचेत ढंगले लाग्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री मानन्धरले नेपाल धर्तीको स्वर्ग भएको बताउँदै स्वर्गलाई समृद्धिले भरिपूर्ण बनाउने दायीत्व सबैको काँधमा भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment