Comments Add Comment

तापसीको ‘थप्पड’ले कमायो ३ करोड

शुक्रबारबाट बलिउड चलचित्र ‘थप्पड’ रिलिज भएको छ । तापसी पन्नु स्टारर यस चलचित्रले निकै राम्रो समीक्षा पाइरहेको छ । चलचित्रको विषयबस्तु र त्यसको प्रस्तुतीलाई दर्शकले रुचाएका छन् ।

रिलिजको पहिलो दिन चलचित्रको कमाई भने सन्तोषजनक रहेको छ । चलचित्रले शुक्रबार ३ करोड ७ लाखको व्यापार गरेको छ । सानो बजेटमा बनेको चलचित्रको यो कमाई सन्तोषजनक कमाई हो ।

चलचित्रको माउथ पब्लिसिटी राम्रो भएका कारण शनिबार र आइतबार चलचित्रले राम्रो व्यापार गर्न सक्ने धेरैको अनुमान छ । बलिउडमा शनिबार र आइतबारको कमाईले नै चलचित्रको विकेन्ड कति हुन्छ भन्ने कुराको तय गर्नेछ ।

श्रीमानको एक थप्पडले गर्दा परिवारमा आएको उत्तारचढाब र त्यसले निम्त्याएको द्वन्द्व नै चलचित्रको विषयबस्तु हो । अनुभव सिंहा निर्देशित चलचित्रमा पभेल गुलाटीको पनि मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment