Comments Add Comment

एकैसाथ फेरिए उपत्यकाका सबै घुमुवा प्रहरी

१ चैत, काठमाडौं । विप्लव समूहले विध्वंसात्मक गतिविधि गरिरहँदा प्रहरीले सूचना संलकन गर्न नसकेको भनेर आलोचना भएपछि उपत्यकाका घुमुवा टोली परिवर्तन गरिएका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले उपत्यकाका १८ वटा महानगरीय प्रहरी वृत्त र प्रभागहरुबाट घुमुवा टोली परिवर्तन गरेको हो ।

प्रहरी सादा पोशाकका घुमुवा प्रहरीलाई सूचना संकलनका लागि राखेको भए पनि उनीहरु ‘हप्ता असूली’मा सक्रिय रहँदै आएको आरोप लाग्ने गरेको छ ।

रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल भन्छन्, ‘प्रहरी इकाइमा लामो समयदेखि बसेर काम गरिरहेकाको सूचना संकलन क्षमताको प्रभावकारिता नदेखिएकाले सेटै फेरिएको हो ।’

हटाइएका घुमुवाको विकल्पमा उच्च व्यवसायिकता र इमान्दारिता भएका नयाँ टोली राख्न मातहतका अधिकृतलाई निर्देशन दिइएको पोखरेलले अनलाइनखबरलाई बताए । लामो समय एकैठाउँमा बस्दा प्रलोभनमा पर्न सक्ने पनि सम्भावना हुने उनले जनाए ।

उपत्यकाका करिब ७४ जना घुमुवा खटिँदै आएका छन् । जसमा १७ जना अधिकृत र ५७ जना हवल्दार तथा जवान छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी गण, महाराजगञ्जमा पठाइएको छ ।

डीआईजी पोखरेलले महानगरीय प्रहरी आयुक्तमा एसएसपीको नेतृत्वमा खटिँदै आएको घुमुवा टोली भने खारेज गरिसकेका छन् ।

यो पनि पढ्नुस् –

बदनाम घुमुवा प्रहरी : उद्देश्य सही, काम ‘हप्ता असुली’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment