Comments Add Comment

पवन कल्याणसँग ज्याकलिनको जोडी

नायिका ज्याकलिन फर्नान्डेजको बलिउड यात्रा अहिले सुस्त चलिरहेको छ । बलिउडमा प्रवेश गर्दै गर्दा उनको जुन खालको क्रेज बनेको थियो, अहिले त्यो सुस्ताएको छ । तर, अब नायिका फर्नान्डेज ऐतिहासिक कथामा बन्न लागेको एक चलचित्रमा देखिदैछिन् । साउथका सुपरस्टार पवन कल्याणसँग अब ज्याकलिनले जोडी बाँध्न लागेको खबर सार्वजनिक भएको छ ।

निर्देशक कृष जागर्लामुड्डीको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई भव्य सेटमा सुट गरिनेछ । भारतीय मिडियाका अनुसार ज्याकिलन यो चलचित्रको बिषयमा कुरा गर्न हैदराबाद पुगेकी थिइन् । ज्याकलिन अहिले चलचित्रका लागि तेलुगु भाषा पनि सिकिरहेकी छिन् ।

पछिल्लो समयमा साउथ चलचित्रको क्रेज विश्वव्यापी रुपमा बढ्दै जादा बलिउड नायिकाहरुको रुची पनि साउथ चलचित्रमा देखिन थालेको छ । बलिउडमा खासै काम नपाइरहेकी ज्याकलिनलाई पवन कल्याणसँगको चलचित्रले राहत दिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment