+
+

सनराईज बैंकको ९ औँ एक्स्टेन्सन काउन्टर खोकनामा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १८ गते १९:०४

१८ फागुन, काठमाडौं । सनराईज बैंक लिमिटेडले ललितपुरको खोकनामा नवौं एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिका वडा  नम्बर २१ मा सञ्चालनमा आएको उक्त काउन्टरको वडाका अध्यक्ष रबिन्द्र महर्जन र बैंककी डेपुटी सीइयो आशा राणा अधिकारीले उद्घाटन गरे ।

आईतबारबाट सञ्चालनमा आएको बैंकको उक्त काउन्टर ९ औं भएको बैंककी डेपुटी सीईओ आशा राणा अधिकारीले बताईन् । एक्स्टेन्सन काउन्टर उद्घाटन समारोहमा बोल्दै डेपुटी सीइयो अधिकारीले जनतालाई बैंकिङ पहुँच सहज र सरलरुपमा उपलब्ध बनाउने प्रयनसको रुपमा सनराइज बैंक खोकना आईपुगेको बताईन् ।

खोकनाका स्थानीय र सनराईज बैंकबीच गहिरो सम्बन्ध रहेको भन्दै अधिकारीले बैंकको विश्वसनीय सेवामा ढुक्क हुन सेवाग्राहीलाई आग्रह गरिन् । काउन्टर उद्घाटन गर्दै ललितिपुर महानगरपालिका २१ का वडा अध्यक्ष रबिन्ऽ महर्जनले खोकनासम्म आईपुगेकामा बैंक परिवारलाई धन्यवाद दिए ।

सामाजिक उत्तरदायित्वका विभिन्न काममा खोकनामा सहयोग गरेको बैंकलाई यहाँका जनताले पनि विश्वास र भरोसा गर्ने उनले बताए । घर जग्गा र शैक्षिक कर्जामा जनतालाई सहजीकरण गरिदिन बैंकलाई आग्रह गर्दै वडा अध्यक्ष मर्हजनले महानगरका राजश्व पनि अब बैंक मार्फत नै  तिर्न सकिने व्यवस्था मिलाउन लागि परेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?