Comments Add Comment

अमेरिकी राष्ट्रपतीय निर्वाचनको दौडबाट पछि हटे पिट

१९ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपतीय चुनावी दौडमा होमिएका समलिंगी उम्मेदवार पिट बुटजज पछि हटेका छन् ।

इन्डियाना राज्यका भूतपूर्व मेयरसमेत रहेका ३८ वर्षीय पिटले डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने घोषणा गरेका थिए । राष्ट्रपतीय निर्वाचनको उम्मेदवारी घोषणा गर्ने उनी पहिलो समलिंगी हुन् । केही सातादेखि उनको अभियानले गति समाएको थियो । फेब्रअरी ३ मा भएको प्राइमरीमा उनी आश्चर्यजनक रूपमा विजयी भएका थिए । तर, उनले अभियान परित्याग गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यद्यपि, उनले चुनावी दौडबाट पछि हटेको औपचारिका घोषणा भने गरेका छैनन् ।

किन भए व्याक

राष्ट्रपतिको उम्मेदवार बन्न डेमोक्र्याटिकका तर्फबाट कैयनले आकांक्षा देखाएका थिए । तर, आकांक्षीहरू बाहिरिने क्रम जारी छ । शनिबार मात्रै अर्बपति टम स्टायर दौडबाट बाहिरिएका थिए । यो कित्तामा पिट पनि उभिएपछि अब डेमोक्र्याटका राष्ट्रपति उम्मेदवारका आकांक्षीको संख्या ६ मा झरेको छ । आकांक्षी बढी भएपछि आउँदो मंगलबार निर्वाचन गरेर टुंगो लगाउने तयारी छ ।

त्यसअघि नै पिटले उम्मेदवारीबाट हात उठाउनुको कारण अन्य उम्मेदवारले पछि पार्नु ठानिएको छ । शनिबार साथ क्यारालाइनमा उनी चौथो स्थानमा समेटिएका थिए ।

उम्मेदवारको दौडमा जो बाइडन, बर्नी स्यान्डर्सलगायत छन् । बर्नी वामपन्थी विचारधारामा झुकाव भएका नेता हुन् ।

अमेरिकामा सन् २०२० मा राष्ट्रपतीय निर्वाचन हुँदैछ । डेमोक्र्याटका तर्फबाट छानिने उम्मेदवारले रिपब्लिकनका तर्फबाट खडा हुने हालका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment