Comments Add Comment

‘एक भिलेन २’मा जोनको जोडी दिशा

नायिका दिशा पटानीले एक हिट चलचित्रको सिरिजमा काम गर्ने पक्का भएको छ । मोहित सुरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘एक भिलेन २’मा दिशाले काम गर्ने पक्का भएको हो ।

सन् २०१४ मा निर्माण भएको चलचित्र ‘एक भिलेन’ बक्स अफिसमा हिट भएको थियो । निर्देशक सुरीले नायकको रुपमा जोन अव्राहिम र आदित्य रोय कपुरलाई फाइनल गरिसकेका छन् । अब, दिशाको समेत प्रवेश भएसँगै चलचित्रको टिम अझै पावरफूल बनेको छ ।

चलचित्रमा दिशा नायक जोन अव्राहिमको जोडीको रुपमा देखिन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्र ‘मलंग’मा दिशासँग काम गरेपछि मोहित प्रभावित भएका थिए । दिशा आफैले पनि आफूलाई एक्सन केन्द्रित चलचित्रमा काम गर्न मन लागेको बताएकी थिइन् । यसैले, पनि आफूले पहिलो प्रस्ताव नै दिशालाई गरेको मोहितले बताएका छन् ।

यो चलचित्रमा दिशाको खतरनाक एक्सनका दृश्य हेर्न सकिने भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्र सन् २०२१ को जनवरी ८ मा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment