Comments Add Comment

तिलोत्तमाले प्राविधिक कलेज सञ्चालन गर्ने

१९ फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्राविधिक कलेज सञ्चालन गर्ने भएको छ । प्राविधिक शिक्षामा सबैको पहुँच पुर्‍याउने गरी नगरपालिका आफैंले कलेज सञ्चालन गर्न थालेको हो । पहिलो चरणमा स्नातक तहमा बीएस्सी सीसीआईटीको अध्यापन हुनेगरी नगरपालिकाले कलेज सञ्चालन गर्न थालेको हो । कलेजको सम्बन्धनका लागि नगरपालिकाले त्रिभुवन विश्वविद्यालयमा फाइल पेश गरिसकेको छ ।

सम्बन्धन पाएमा आगामी शैक्षिक सत्रबाट कक्षा सञ्चालन हुने नगर प्रमुख बासुदेव घिमिरेले बताए । समयक्रमसँगै कलेजलाई बहुमुखी कलेजको रुपमा विस्तार गरी अन्य संकायका कक्षा समेत सञ्चालन गर्ने नगरपालिकाको तयारी छ ।

नगरपालिकाले कलेज भवन वडा नं. १४ को सुपौलीमा निर्माण गर्न थालेको छ । साविक नर्मदेश्वर प्राविको जग्गामा कलेज भवन बनाउन थालिएको हो ।

सोमबार आयोजित एक कार्यक्रमबीच कलेज भवनको नगर प्रमुख बासुदेव घिमिरेले शिलान्यास गरे । ५ करोड १७ लाख रुपैयां भवनको लागत अनुमान गरिएकोमा कालिगण्डकी निर्माण कम्पनीले ३ करोड ७७ लाखमा ठेक्का पाएको छ । तीन तलाको भवनमा २४ कोठा हुनेगरी डिजाइन गरिएको छ ।

एक वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीले निर्माण अघि बढाएको छ । साविक नर्मदेश्वर प्राविको समेत भौतिक संरचना भएकोले सम्बन्धन पाएमा आगामी शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्न सकिने नगरपालिकाको भनाइ छ ।

कलेज निर्माणमा नगरपालिकाको दुई करोड र प्रदेश सरकारको समपुरकबाट दुई करोडको व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment