Comments Add Comment

कराते खेलाडी नवीन र अनुले ओलम्पिकको छनोट खेल्ने

काठमाडौं । दुई नेपाली कराते खेलाडीले जापानमा हुने टोकियो ओलम्पिकको छनोट खेल्ने भएका छन् । १३औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेका नवीन रसाइली र अनु अधिकारीले ओलम्पिकको छनोट खेल्ने भएका हुन् ।

ओलम्पिक छनोट मे ८ देखि १० सम्म फ्रान्समा हुनेछ । अनुले ५० केजी मुनिको तौल समूहमा र नवीन ६७ केजी तौल समूह मुनीको क्याटागोरिमा खेल्नेछन् । दुवै जनाको नाम वाइल्ड कार्ड इन्ट्रीमा पनि सिफारिस गरिएको छ ।

उनीहरुसहित नेपाली राष्ट्रिय कराते टोलीको सोमबारदेखि सातदोबाटोस्थित कराते हलमा बन्द प्रशिक्षण सुरु गरेको छ । नवीन र अनुले ओलम्पिक छनोटका लागि तयारी गर्नेछन् । अन्य खेलाडीहरु भने नियमित तयारीमा रहने र कुनै प्रतियोगिता भए त्यसमा जाने गरी प्रशिक्षण गर्ने प्रशिक्षक दिपक श्रेष्ठले बताए ।

नियमित अभ्यासमा रहँदा कुनै प्रतियोगिता खेल्न जानु परेमा सहज उनले श्रेष्ठले बताए ।

रसियन अध्यक्षले दिए प्रशिक्षण

सोमबारदेखि कराते हलमा कराते खेलाडीको बन्द प्रशिक्षण सुरु भएको छ ।ओलम्पिक छनोटलाई मुख्य लक्ष्यित गरि सुरु भएको प्रशिक्षणमा पहिलो दिन रसिया कराते महासंघका अध्यक्ष भासिली सभ्रान्स्किसहित ४ जनाको टोलीले प्रशिक्षण दिएको छ । उनीहरु नेपाल कराते महासंघ र रसिया कराते महासंघबीचको सम्झौताका लागि नेपाल आएका हुन् ।

८ पटकका विश्व च्याम्पियन सभ्रान्स्किको टोलीले सोमबार नेपाली खेलाडीलाई केही घण्टा प्रशिक्षण दिएका हुन् । उनीहरुले रिङमै उत्रिएर करातेको टेक्निकबारे नेपाली खेलाडीलाई जानकारी दिँदै सिकाएका हुन् । ‘करातेमा बल र शरीरको प्रयोग गर्ने भन्दा पनि टेक्निक प्रयोग गर्नुपर्छ,’ आडौं डान प्राप्त सभ्रान्स्किले भने,‘तपाईंहरु शरीरको प्रयोग गर्नु हुन्छ । त्यसैले नतिजा आइरहेको छैन । नतिजाका लागि कराते ‘टेक्निक’ लगाएर खेल्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment