Comments Add Comment

सगरमाथा संवाद स्थगित

१९ फागुन, काठमाडौं । सरकारले आगामी चैतमा गर्ने तय भएको सगरमाथा संवाद कार्यक्रम स्थगित गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार पत्रकार सम्मेलन गरी सगरमाथा संवाद स्थगित भएको जानकारी दिएका हुन् ।

आफ्ना कुराहरु विश्व समुदायलाई सुनाउने उद्देश्यका साथ सरकारले ‘सगरमाथा संवाद’को अवधारणा अघि सारेको थियो । हरेक दुई वर्षमा हुने संवादको पहिलो श्रृंखला अप्रिल २ देखि ४ सम्म काठमाडौंमा गर्ने तय भएको थियो । र, जलवायु परिवर्तन पर्वतीय मुलुकहरु र मानव जातिको भविश्यबारे सम्वाद गर्ने योजना थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीकाअनुसार १० मुलुकबाट उच्चस्तरको राजनीतिक संलग्नता र २० वटा मुलकबाट राजनीतिक पक्का भएको थियो । साथै थुपै विश्वविद्यालय, संघसंस्थाको प्रतिनिधिले पनि सहभागिता जनाउने तय भएको थियो ।

तर कोरोना भारस विश्वव्यापी रुपमा फैलिएको र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले उच्च जोखिममा राखेपछि सरकारले सगरमाथा संवाद स्थगित गर्ने निर्णय गरेको हो । ‘उपयुक्त समय हेरेर फेरि गर्ने गरी अहिलेलाई सगरमाथा संवादको पहिलो श्रृखलालाई स्थगित गरेका छौं’ परराष्ट्रमन्त्री ज्ञवालीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment