Comments Add Comment

कोरोना : चीनमा भन्दा दक्षिण कोरिया र इरानमा तीव्र गतिमा फैलिँदै

१९ फागुन, काठमाडौं । हुवे प्रान्तबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको नयाँ केस देखिने दर चीनमा भन्दा दक्षिण कोरिया र इरानमा बढी छ । दक्षिण कोरियामा ५९९ र इरानमा ५२३ जनामा कोरोनाको नयाँ केस देखिएको छ ।

जबकी पछिल्लो पटक चीनमा २०२ जनामा यो संकेत देखिएको हो ।

दक्षिण कोरियामा सोमबार अपरान्हसम्म ४ हजार ३३५ जनामा कोभिड–१९ को संकेत देखिएको छ । दक्षिण कोरिया चीनपछि सबैभन्दा बढी यो भाइरस संक्रमित देश बन्न पुगेको छ ।

दक्षिण कोरियामा अहिलेसम्म २६ जनाको ज्यान गइसकेको छ । २७ जना बिरामी गम्भीर छन् । ३० जनाले भने स्वास्थ्य लाभ गरिसकेका छन् ।

इरानमा १ हजार ५०१ जनामा यो भाइरसको संकेत देखिएको छ भने ६६ जनाको मृत्यु भइसकेको छ ।

७० देशका ९० हजारमा कोरोना

चीन, दक्षिण कोरिया र इरानमा गरेर कुल १ हजार ३९१ नयाँ केस देखिएको हो । गत डिसेम्बरबाट ७० देशमा फैलिएको कोरानाको संकेत कुल ९० हजारमा देखिएको छ । जसमध्ये ८० हजार भन्दा बढी चीनका छन् ।

यसको संकेत देखा परेका मध्ये आधा भन्दा बढी अर्थात करिब ४६ हजार जनाले स्वास्थ्य लाभ गरिसकेका छन् । ७ हजार ३७५ जना भने गम्भीर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment