+
+
Shares

डा. प्रेमराज ज्ञवालीको टिमले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने

सागर बुढाथोकी सागर बुढाथोकी
२०७६ फागुन १९ गते ११:५९

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको छ । युरोलोजी डिपार्टमेण्टका नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन्।

बुधबार हुने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुनेछन् ।

प्रत्यारोपणमा विदेशी डाक्टर संलग्नताको विषयको टुंगो निर्णय दिउँसो ३ बजे बस्ने बैठकले लगाउने डाक्टर ज्ञवालीले बताए । उनले भने, ‘हामीले विदेशी डाक्टर बोलाए पनि उहाँहरुले प्रत्यारोपण गर्ने होइन, केही भवितव्य आएमा पूर्वतयारीको लागि स्ट्याण्ड बाई राख्ने हो ।’

प्रधानमन्त्री ओलीको प्रत्यारोपणका लागि भारतस्थित अपोलो अस्पतालका एक डाक्टरलाई पनि ल्याउने तयारी छ, जो १२ वर्षअघि ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न थिए ।

डाक्टर ज्ञवालीका अनुसार सुरु गरेको ३ देखि ५ घण्टामा प्रत्यारोपण सकिन्छ। प्रत्यारोपणपछि बिरामीको अवस्था हेरेर अस्पतालमा राखिन्छ।

आइतबार माले महासचिव सीपी मैनालीलाई भेट्न ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीले ‘कोलोनोस्कोपी’ गरेका थिए । चिकित्सकहरुका अनुसार मलद्वारबाट पाइप छिराएर पेट सफा गर्ने र आन्तरिक स्थिति थाहा पाउने प्रविधि हो कोलोनोस्कोपी । प्रत्यारोपण गर्नुपूर्व कोलोनोस्कोपी गर्दा आन्द्राको अवस्था ठीक छ या छैन भनेर जाँच्नको लागि कोलोनोस्कोपी गरिन्छ। प्रधानमन्त्रीलाई कोलोनोस्कोपी गर्दा आन्द्रामा कुनै समस्या नदेखिएको स्रोतले बतायो। ।

यसअघि प्रधानमन्त्री ओलीको मुटुको अवस्था हेर्न मनमोहन कार्डियो सेन्टरमा एन्जियोग्राफी गरिएको थियो। एन्जियोग्राफी र कोलोनोस्कोपीको रिपोर्ट ‘राम्रो’ आएकाले प्रत्यारोपण गर्न लागिएको हो।

१२ वर्षअघि पहिलो प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले गत कात्तिक महिनादेखि नियमित डायलाइसिस गराउँदै आएका छन् । उपचारका लागि गत भदौ ५ गते सिंगापुर गएका ओली ‘प्लाज्माफेरेसिस’ गरेर १५ दिनपछि स्वदेश फर्किएका थिए । तर, ‘प्लाज्माफेरेसिस’ गरेपछि पनि उनको स्वास्थ्यमा सुधार आएन। सोही कारण चिकित्सकहरुले दोस्रो प्रत्यारोपणको विकल्प नभएको सुझाएका थिए।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?