
१९ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीको सफल शल्यक्रियाको कामना गरेका छन् ।
मोदीले सोमबार एक ट्विट गर्दै नेपाली समकक्षी ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।
My dear friend @kpsharmaoli ji, wishing you a successful surgery and a speedy recovery. May Lord Pashupatinath bless you always with good health, happiness and a very long life. Look forward to your continued contribution to taking India-Nepal relations to new heights.
— Narendra Modi (@narendramodi) March 2, 2020
‘मेरा प्रिय साथी केपी शर्मा ओली जी, तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ मोदीले ट्विटरमा लेखेका छन् ।
भगवान पशुपतिनाथले राम्रो स्वास्थ्य, खुशी र दीर्घ जीवन प्रदान गरुन भन्ने कामना पनि मोदीले गरेका छन् ।
नेपाल–भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन ओलीको योगदानको प्रतीक्षामा आफू रहेको पनि मोदीले ट्विटरमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि बुधबार पुनःअर्को प्रत्यारोपण गरिँदैछ । त्यसका लागि ओली आज अस्पताल भर्ना हुँदैछन् ।
प्रतिक्रिया 4