Comments Add Comment

बुटवल भैरहवा करिडोरका उद्योगीले भने – ट्रंक लाइनको विद्युत शुल्क तिर्दैनौं

१९ फागुन, काठमाडौं । बुटवल भैरहवा औद्योगिक करिडोरका उद्योगी, व्यवसायीले नेपाल विद्युत प्राधिकरणलाई ट्रंकलाइनवापतको अतिरिक्त महसुल तिर्न नसक्ने जनाएका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले पत्रकार सम्मेलन गरी ट्रंक लाइनबाट विद्युत् जडानका लागि उद्योगी व्यवसायीले माग नै नगरेकाले तिर्न नसक्ने दावी गरेको हो ।

प्राधिकरणले उद्योगीहरुलाई डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् सेवा दिएको भन्दै त्यसबापत अतिरिक्त महसुल तिर्न पत्राचार गरेको थियो । तर उद्योगीले नियमितको विद्युत महसुल भन्दा ६६.६७ प्रतिशत महसुल वृद्धि गरी तिर्न पत्राचार गरेको भन्दै विरोध जनाएका छन् ।

उद्योगीहरुले ट्रंक लाइनबाट विद्युत् राख्नका लागि निवेदन नै नदिएको कारण बढी शुल्क तिर्न नसकिने महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए ।

‘हामीले ट्रंकलाइनबाट विद्युत् जडान गरी पाउँ भनि कुनै पनि प्रकारको माग तथा निवेदन नगरेको र नभएको हुँदा साविककै साधारण लाइन बमोजिमकै शुल्क तिर्ने व्यवस्था मिलाउन आग्रह छ’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उत्पादित वस्तु बिक्री गरेर ट्रंकलाइन महसुल तिर्न नसकिने उनले बताए । अतिरिक्त महशुल तिर्नु पर्ने भए उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउने उद्योगीले बताएका छन् ।

उद्योगीहरुले ट्रंकलाइन विद्युत महसुल तिर्न नसक्ने भन्दै यस अघि पनि कुरा उठाउदै आएका थिए । यस विषयमा संसदको सार्वजनिक लेखा समितिमा उपसमिति गठन नै भएर छलफल भएको थियो ।

२०७५ वैशाखबाट देश लोडसेडिङ मुक्त घोषणा भएको अवस्थामा ट्रंकलाइनको महसुल तिराउन खोज्नु अवैज्ञानिक र अव्यवहारिक भएको उद्योगीको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment