Comments Add Comment

मसालले कोरोनाबाट जोगिन सभा–सम्मेलन नगर्ने

१९ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले कोरोना (कोभिड–१९) भाइरसको खतरा बढेको भन्दै भेला, सम्मेलन वा अन्य जमघट हुने कार्यक्रम नगर्ने भएको छ । मसालको केन्द्रीय कार्यालयको सोमबारको बैठकले तत्काललाई सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको हो ।

मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञिप्तमा सबै मोर्चा तथा जनवर्गीय संगठनहरूलाई पनि कार्यक्रम स्थगित गर्न निर्देशन दिएको छ ।

पहिलो पटक गत डिसेम्बरमा चीनमा देखिएको कोरोना भाइरसका कारण तीन हजार भन्दा बढीको ज्यान गएको छ भने ९० हजारमा यसको संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment