Comments Add Comment

सामाजिक सञ्जाल छाड्ने सोचमा भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल छाड्ने विचार व्यक्त गरेका छन् । सोमबार आफ्नो आधिकारिक ट्वीटर ह्याण्डल एवं फेसबुक मार्फत् मोदीले यस्तो जानकारी दिएका हुन् । ट्वीटर एवं फेसबुकमा उनले भनेका छन् आगामी आइतबार फेसबुक, ट्वीटर, इन्स्टाग्राम र युट्युब जस्ता सामाजिक सञ्जाल छाड्ने सोच बनाइरहेको छु । यद्यपि उनले यसको कारणबारे भने केही पनि उल्लेख गरेका छैनन् ।

प्रधानमन्त्री मोदी विश्वका धेरै फलोअर भएका सामाजिक सञ्जाल प्रयोगकर्ताको सूचीमा पर्ने व्यक्ति हुन् । ट्वीटरमा मोदीको ५ करोड ३३ लाख फलोअर्स रहेका छन् भने फेसबुकमा ४ करोड ४५ लाख फलोअर्स छन् । उनको इन्स्टाग्राममा ३ करोड ५२ लाख एवं युट्युबमा ४५ लाखले सब्सक्राइब गरेका छन् ।

मोदीको यो ट्वीटपछि धेरैले भारतमा नयाँ मौलिक सामाजिक सञ्जालको स्थापना हुन लागेको अनुमान गरेका छन् । मोदीको यो ट्वीटमा नै धेरै युजरहरुले यस विषयमा जिज्ञासा राखेका छन् । कतिपयले भारतमा चर्किँदो हिंसालाई नियन्त्रण गर्नको लागि मोदीले सामाजिक सञ्जाल आफैंबाट बन्द गर्न सुरु गरेको आशंका समेत गरेका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार आउँदो आइतबार मोदीले यी सबै सामाजिक सञ्जाल मार्फत् आफ्नो भनाई राख्नेछन् । प्रधानमन्त्रीका आइटी सेलका नेता अमित मालवीयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी गरिरहेका छन् ।

मोदीको ट्वीटमा रिट्वीट गर्दै भारतीय काँग्रेसका नेता राहुल गान्धीले मोदीलाई सामाजिक सञ्जालको साँटो आफ्नो घृणा गर्ने बानी छोड्न सुझाव दिएका छन् । त्यस्तै, काँग्रेस नेता रणदीप सुरजेवालाले मोदीलाई ट्रोलहरुको कन्सन्ट्रेड सैनिकको संज्ञा दिँदै हर समय अर्काेलाई गाली गर्ने स्वभावको व्यक्ति भन्दै मोदीको आलोचना गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment