Comments Add Comment

रणवीरको स्टाइलबाट प्रभावित ऋतिक

नायक रणवीर सिंह बलिउडमा आफ्नो पहिरनका कारण पनि सधै चर्चामा रहन्छन् । उनले लगाएका पहिरन अन्य बलिउड नायकले लगाउने हिम्मत गर्दैनन् । यसैले पनि रणवीरको बिषयमा थुप्रै ट्रोल बन्छन् । तर, यसले रणवीरलाई खासै फरक पारेको छैन ।

अब, रणवीरको सिको नायक ऋतिक रोशनले पनि गरेका छन् । ऋतिक केही दिनदेखि दुबइमा छन् । दुबइमा उनी फरक गेटअपका साथ घुमिरहेको तस्वीरले सामाजिक संजालमा चर्चा पाइरहेको छ । ऋतिकले आफूलाई यस्तो गेटअप गर्ने आइडिया रणवीर सिंहबाट आएको पनि उल्लेख गरेका छन् ।

उनले, अलिकती कसिलोसँग टावल वाध्नुपर्ने रहेछ समेत लेखेका छन् । चलचित्र ‘सुपर ३० र वार’ हिट भएपछि ऋतिक नयाँ चलचित्रको तयारीमा छन् । तर, नयाँ चलचित्रको छायांकन सुरु गर्नु अगाडि ऋतिकले आराम चाहेको उनको यो तस्वीरबाट पनि पुष्टी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment