Comments Add Comment

बदलिँदैछ म्यासेन्जरको डिजाइन, हट्दैछन् केही ट्याब

Photo Credit : TechCrunch

काठमाडौं । सबैभन्दा लोकप्रिय म्यासेजिङ एप फेसबुक मेसेन्जरको डिजाइन परिवर्तन हुने भएको छ । फेसबुकले आफ्नो म्यासेन्जर एपको डिजाइन परिवर्तन गरी कतिपय फिचरका ट्याबहरु समेत हटाउने तयारी गरेको हो ।

समाचारअनुसार म्यासेन्जरमा च्याट बोट्सका साथै डिस्कभर ट्याब पनि हट्नेछन् ।

एपको डिजाइनलाई पहिलेको तुलनामा बढी सरल बनाउनुका साथै प्रयोगलाई समेत सहज बनाउनका लागि पछिल्लो कदम चालिएको हो ।

आगामी हप्तादेखि म्यासेन्जर एपमा उल्लेखित परिवर्तन देखापर्ने टेक क्रन्चको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा भनिएको छ– फेसबुक आफ्नो म्यासेजिङ एपलाई सिम्पल तथा फास्ट बनाउन चाहन्छ । जसका कारण यो निर्णय लिइएको हो ।

पछिल्लो परिवर्तन म्यासेन्जर एपको वृहत रिडिजाइन प्रक्रियाको एक हिस्साको रुपमा रहेको बताइएको छ । फेसबुकले म्यासेन्जरमा नयाँ परिवर्तन सँगै स्टोरिज खण्डलाई बढी प्राथमिकता दिएर स्न्यापच्याटलाई टक्कर दिने योजना बनाएको छ ।

स्टेन च्याडनोवस्कीको टिमले फंक्सनल म्यासेजिङ एपमा काम गरिरहेको छ । नयाँ डिजाइनको फेसबुक एपमा People सेक्सनलाई हाइलाइट्स गरी त्यहाँ पछिल्लो २४ घण्टामा स्टोरी शेयर गरेका फेसबुक साथीहरुका स्टोरिज देखाइनेछ । त्यसका अलावा कन्ट्याक्ट लिष्ट पनि देखाइनेछ, जहाँ सबैभन्दा धेरै कल तथा म्यासेज गरिने साथी यदि फेसबुकमा एक्टिभ भएमा सबैभन्दा माथि देखा पर्नेछ ।

फेसबुकले नाबालिगहरुको लागि ल्याएको म्यासेन्जर एप म्यासेन्जर किड्समा पनि केही परिवर्तन गर्दैछ । जहाँ अभिभावकलाई आफ्नो बच्चाको म्यासेन्जरमाथि थप नियन्त्रण प्राप्त हुनेछ । बच्चाहरुले म्यासेन्जरमा के गर्दैछन् भन्ने देखिनेछ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment