Comments Add Comment

कोरोनाको सन्त्रासका कारण करिश्माले होली नमनाउने

नायिका करिश्मा मानन्धरले हरेक वर्ष आफ्नै घरको प्राङ्गणमा होली मनाउने गर्थिन् । गोदावारीमा रहेको उनको घरमा होली मनाउन चलचित्र क्षेत्रसँग सम्बन्धित धेरै व्यक्तिहरु त्यहाँ पुगेका हुन्थे ।

होलीको रंग दल्ने, नाच्ने, गाउने, खानेदेखि चलचित्रको प्रचार-प्रसार समेत करिश्माको प्राङ्गणमा हुने गर्दथ्यो । तर, यो वर्ष भने करिश्माको घरको प्राङ्गण होलीमा रित्तो हुने भएको छ । यस वर्ष करिश्माले होली नमनाउने भएकी छिन् ।

देशमा कोरोनाको सन्त्रास फैलिरहेकाले उनले होली नमनाउने निर्णय गरेकी हुन् । सरकारले पनि सभा-सम्मेलन तथा भिडभाडका कार्यक्रम नगर्न आग्रह गरिरहेकाले उनले होली रद्द गरेकी हुन् ।

कोरोनाका कारण होलीमा पानी र रंगसँग नखेल्न पनि चिकित्सकहरुले सल्लाह दिइरेहकाले आफूले होली नमनाउने निर्णय गरेकी करिश्माको भनाई छ ।

होली नमनाउने भएपछि करिश्माको होलीमा खर्च हुने रकम स्वर्गिय केशव भट्टराईको परिवारलाई सहयोग गरेकी छिन् । सोमबार उनले भट्टराई परिवारलाई १ लाख १ सय १ रुपैयाँ सहयोग गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment