
दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ ।
मंगलबार एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा भुकम्पका कारण आफ्नो सन्तान गुमाउनु परेको पिडालाई देखाइएको छ ।
ट्रेलरमा चलचित्रको मुख्य भूमिकामा रहेकी अभिनेत्री शान्ति वाइवा र अभिनेता बुद्धि तामाङलाई पनि स्थान दिइएको छ । आफ्नो हाराएको छोरी खोज्नको लागि दयाहाङ र शान्ति विभिन्न निकायसम्म पुगेको कुरालाई ट्रेलरमा देखाइएको छ ।
चलचित्रमा दयाहाङ, बुद्धि र शान्तिसँगै जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ । चलचित्रमा रेखा थापा अतिथि कलाकारको रुपमा प्रस्तुत भएकी छिन् ।
सचिन घिमिरे र निर्देशक वलले संयुक्त रुपमा लेखेको ‘नीरफूल’मा प्रमोद कार्कीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रले चैत ७ गतेलाई रिलिज मिति पक्का गरेको छ ।
प्रतिक्रिया 4