Comments Add Comment

प्रदेश ५ मा खसीबोका पाल्ने किसानले अनुदान पाउने

५ फागुन, बुटवल । प्रदेश ५ सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले शिक्षित किसान उत्पादन गर्ने गरी नयाँ योजना सर्वाजनिक गरेको छ ।

मन्त्रालयले हालै सार्वजनिक गरेको योजना अनुसार कृषि तथा पशु विषय अध्ययान गरेका युवाहरुलाई उद्यमशीलता विकास अनुदान स्वरुपम १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । जुन पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय अन्तर्गत हो ।

यस्तै मन्त्रालयको कृषि विकास निर्देशनालयबाट कृषि तथा पशु विषय अध्ययन गरेका युवाहरुलाई उद्यमशीलता विकास अनुदानको लागि कुल २ करोड ५० लाख बजेट विनियोजन गरेको छ । यस्तै कृषकसंग कृषि कार्यक्रममा १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

मन्त्रालयको नयाँ २७ वटा नयाँ कार्यक्रम सार्वजनिक गर्दै प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सरहकारी मन्त्री आरती पौडेलले अब कुनै पनि शिक्षित युवा वेरोजगार बस्न नपर्ने बताइन् ।

उनले सरकारले अब उत्पादनको प्रतिफलमा आधारित अनुदान वितरण प्रणालीलाई बढोत्तरी दिएको भन्दै सोही अनुसार लाग्नको लागि युवालाई आग्रह गरिन् ।

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का प्रवक्ता विनोद घिमिरेका अनुसार किसानले दुधमा प्रतिलिटर २ रुपैयाँ, जिउँदो बोका र खसी र भेडामा प्रति किलो २५ रुपैयाँ, जिउदो राँगोको प्रतिकिलो १५ रुपैयाँ, जिउदो बंगुरको प्रतिकिलो २० रुपैयाँ, माछामा प्रतिकिलो १० रुपैयाँ अनुदान पाउनेछन् । यसको लागि यी सबै कार्यहरु सहकारी मार्फत सञ्चालन गर्नुपर्छ ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख तुलसीराम भण्डारीका अनुसार खसी बोका भेडाको हकमा सहकारीबाट एक बर्षमा कम्तीमा १०० वटा, बंगुरको हकमा ५० वटा, राँगो २०, माछा तराईमा प्रति सदस्य ५ सय किलो र पहाडमा २सय ५० किलो प्रति सहकारीले ५ मेट्रिक टन बिक्री गरेको हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment