Comments Add Comment

सहदेवलाई गोली प्रहार गर्ने उनकै ज्वाइँ !

२० फागुन, जनकपुरधाम । महोत्तरीमा पूर्व शिक्षक सहदेव प्रसाद यादवमाथि भएको गोली प्रहारको घटनामा आफन्त नै संलग्न रहेको देखिएको छ ।

महोत्तरीको मनरासिसवा नगरपालिका वडा नम्बर ३ का पूर्वशिक्षक सहदेवप्रसाद यादवमाथि आइतबार बिहान गोली प्रहार गरिएको थियो । ६० बर्षीय यादवलाइृ गोली हानेको आरोपमा प्रहरीले उनकै ज्वाइँलाई पक्राउ गरेको छ ।

प्रहरीले महोत्तरीकै औरही नगरपालिका ३ निवासी सन्तोष यादवलाई पक्राउ गरिएको हो । सहदेवका भाइले दिएको किटानी जाहेरीको आधारमा पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

घरायसी विवादका कारण गोली प्रहार गरिएको भनेपनि सन्तोषले थप केही बताएका छैनन् ।

शौच गर्न घरबाट निस्केका बेला सहदेवमाथि आइतबार बिहान गोली प्रहार गरिएको थियो । उनको अहिले जनकपुरधामस्थित जानकी हेल्थकेयर अस्पताल उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment