Comments Add Comment

तोलाको २२ सय रुपैयाँले महंगियो सुन, मूल्यमा नयाँ रेकर्ड

२१ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । बुधबार सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले बुधबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ८० हजार पाँच सय र तेजाबी सुनको मूल्य ८० हजार तीन सय रुपैयाँ तोकेको छ । कोरोनाको असर विश्व अर्थचन्त्रमा पर्न थाले पछि सुनको भाउ बढेर किर्तिमानी मूल्य कायम भएको सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । मूल्य आकासिए पछि बजारमा ग्राहक चहल पहल सून्य भएको उनले बताए ।

मंगलबार बजारमा सुनको भाउ छापावल प्रतितोला ७८ हजार तीन सय र तेजावी ७८ हजारमा कारोबार भएको थियो । मंगलबार ८६० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य भने बुधबार २० रुपैयाँले बढेर ८८० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment