+
+

सेयर बजार राताम्मे, नेप्से परिसूचक ६७ अंकले घट्यो (अपडेट)

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २१ गते ८:३०

२१ फागनु, काठमाडौं । बुधबार सेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेको केहि मिनेटमै ओरालो लाग्न शुरु भएको नेप्से परिसूचक यस समाचार तयार पार्दासम्म ६७ अंक भन्दा माथिले ओरालो झरेको छ ।

कारोबार रकममा पनि खासै उल्लास छैन । १ बजेर २५ मिनेट जादा सम्म कारोबार रकम १ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । बुधबार सबैभन्दा धेरै माइक्रोफाइनासका लगानीकर्ताहरुले गुमाएका छन् । दाेस्राे धेरै गुमाउनेमा निर्जिवन बीमा उपसमूह देखिएकाे छ ।

नेप्सेमा सूचीकृत ११ वटा उपसमूहहरु मध्ये माइक्रोफाइनान्स उपसमूह सबैभन्दा धेरै अर्थात ६.४९  प्रतिशतले र त्यसपछि  निर्जिवन बीमा उपसमूह ६.४६ प्रतिशतले ओरालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै माइक्रोफाइनान्सले बाड्ने लाभांशमा कडाई गरेको छ ।

यसको प्रभाव स्वरुप माइक्रोफाइनान्सको सेयर मूल्य घटिरहेको हो । यो १ बजेर २५ मिनेट जादासम्मको अपडेट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?