+
+
Shares

भारतमा थप २१ जनामा कोरोनाको संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २१ गते १४:३९

२१ फागुन, काठमाडौं । भारतमा नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमित संख्या २८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २१ जनामा संक्रमण देखिएको हो ।

संक्रमित मध्ये तीन जना निको भइसकेका छन् । भारतमा पहिलो पटक केरलामा कोरोनाको संकेत देखिएको थियो ।

२५ जना संक्रमितलाई चिकित्सकको निगरानीमा अस्पतालमा राखेर उपचार गराई रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण भारतको केरलाका साथै दिल्ली, तेलंगना, जयपुर लगायतका क्षेत्रमा देखा परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?