Comments Add Comment

सिंगापुरसँग हङकङ पराजित, नेपाल एसिया कप होडबाट बाहिरियो

काठमाडौं । एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपाल एक खेल खेल्नुअघि नै एसिया कपको होडबाट बाहिरिएको छ ।

सिंगापुरले लगातार तेस्रो जित हात पार्दै शीर्ष दुईमा स्थान सुरक्षित गरिसकेको छ । सिंगापुरले हङकङलाई १६ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो । जवाफमा हङकङले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनायो ।

नेपालले अब अन्तिम खेलमा सिंगापुरलाई हराएपनि शीर्ष दुईमा पुग्ने छैन । किनकी हङकङ र मलेसियाबीच हुने खेलको विजेता शीर्ष दुईमा पुग्नेछ। ३ खेलबाट अपराजित सिंगापुर ६ अंकसहित शीर्ष स्थानमा छ । हङकङ र मलेसियाको समान ४ अंक छ । दुवैले ३ खेल खेल्दा २ मा जित र १ मा हारको नतिजा निकालेका थिए । ३ खेलमा १ खेल मात्र जितेको नेपाल २ अंकसहित चौथो स्थानमा छ ।

लगातार चारै खेल हारिसकको घरेलु टोली थाइल्याण्ड अंकविहिन हुँदै प्रतियोगिता टुङ्ग्याइसकेको छ ।

इस्टर्न रिजनको शीर्ष दुईमा रहने टिम मात्र एसिया कप क्वालिफायरमा पुग्नेछ । प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड पुगेको नेपाल सुरुवाती दुई हारपछि नै शीर्ष दुईको होडबाट टाढिएको थियो ।

नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले र दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो । तेस्रो खेलमा भने नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो ।

मुख्य प्रतियोगिता चुक्दै बएको नेपालको ब्याटिङमा कमजोरी यस प्रतियोगिताबाट छरपस्ट नै भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment