
२१ फागुन, काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरीमा बुधबार जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिपका चालक ठूलीभेरी नगरपालिका–५ का २३ वर्षीय पञ्चेबहादुर बुढा रहेका छन् ।
भे.१ च २४४६ नम्बरको जिप अनियन्त्रित भई त्रिपुरासुन्दरी नगरपालिका–३ स्थित सडकबाट करिब २ सय मिटर तल खस्दा चालक बुढा गम्भीर घाइते भएका थिए ।
उनको जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4