+
+

निर्माणाधीन पुल भत्किँदा तीन कामदार घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २१ गते २०:१६

२१ फागुन, गोरखा । पुल निर्माणको क्रममा बिछ्याइएको फर्मा ढल्दा तीन कामदार घाइते भएका छन् । गोरखाको पालुङटार र तनहूँको भानु नगरपालिका जोड्ने मस्र्याङ्दी नदीमाथि बन्दै गरेको पुलको फर्मा ढलेर उनीहरु घाइते भएका हुन् ।

घाइते हुनेमा बर्दिया घर भएका सुनील चौधरी, राज चौधरी र सन्दिप चौधरी रहेको प्रहरीले जनाएको छ । सुनीलको अवस्था गम्भिर रहेको र काठमाडौंमा उपचार भइरहेको डीएसपी बासुदेव खतिवडाले बताए । अन्यको भने स्थानीय मेडिकलमा उपचार भएको छ ।

ढलानका लागि फर्मा बिछ्याउन राखिएको करिव तीन हजार टेका ढलेर दुर्घटना भएको ठेकेदार कम्पनीका इन्जिनियर प्रेम अधिकारीले बताए ।

‘तीन हजार टेका लगाएर फर्मा ओछ्याउने काम लगभग सकिन लागेको थियो, काम गर्दागर्दै मंगलबार दिउँसो एक्कासी टेका लडेर फर्मा सबै ढल्यो’ उनले भने ।

टेकालाई बाँधेको तार खुकुलो भएर ढलेको हुन सक्ने उनको अनुमान छ ।

पुल निर्माणका लागि गौरी पार्वती निर्माण सेवा प्रालिसँग २०७२ साल असार २५ गते सम्झौता भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक बिभाग अन्तर्गतको पुल योजना पश्चिम क्षेत्र सेक्टर नम्वर ४ को कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ७ करोड ५ लाख ४० हजारमा सम्झौता भएको पुल २०७५ असार २५ गते सक्नुपर्ने थियो । समयमै काम नसकेपछि २०७६ साल जेठ मसान्तसम्म म्याद थप गरिएको कार्यालय प्रमुख भीमार्जुन कँडेलले बताए । तर थपिएको म्याद पनि काम नसकेपछि अलपत्र बनेको पुलको पुनः काम सुचारु भएको हो ।

‘लामो समयदेखि अलपत्र परेका योजनाहरु सम्पन्न गर्न सरकारले एक बर्षको म्याद दिएपछि पुन २०७७ असोज मसान्त सम्म म्याद थपेपछि काम सुचारु भएको हो,’ कँडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?