Comments Add Comment

जर्मनीमा प्रिन्सको विजयी शुरुवात

काठमाडौं । नेपाली युवा ब्याडमिन्टनका स्टार खेलाडी  प्रिन्स दाहालले योनेक्स जर्मन जुनियर इन्टरनेशनल सिरिज २०२० मा विजयी सुरुवात गरेका छन् ।

बुधबार भएको यू-१९ सिंगल्सको पहिलो चरणमा प्रिन्सले अष्ट्रियाका लेनी सुदर्मालाई सोटो सेटमा हराए । १६ वर्षीय प्रिन्सले अष्ट्रियन खेलाडीलाई २१-१५, २१-६ ले सजिलै पराजित गरेका हुन् ।

प्रिन्सले अब जर्मन जुनियर सिरिजमा राउण्ड अफ ६४ मा जर्मनीका बन्नेट पिटर्ससँग खेल्नेछन  ।

त्यसअघि नेदरल्याण्ड्समा डच जुनियर इन्टरनेशनल खेलेर जर्मनी पुगेका प्रिन्स मंगलवार सार्वजनिक विश्व जुनियर वरीयतामा शीर्ष दशमा परेका थिए ।

नेदरल्याण्ड्समा प्रिन्स प्रिक्वाटरफाइनलसम्म पुगेका थिए । तर प्रिक्वाटरफाइनलमा चाइनिज ताइपेइका खेलाडीसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment