Comments Add Comment

जनप्रतिनिधि र कर्मचारी सवार जिप दुर्घटना, वडा सचिवको मृत्यु

घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

२२ फागुन, गोरखा । गोरखा धार्चे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार जिप दुर्घटना हुँदा वडा सचिवको मृत्यु भएको छ । गाउँपालिकाकी उपाध्यक्षसहित ६ जना घाइते भएका छन् ।

अपांगता परिचयपत्र वितरणका लागि आरूघाटबाट काशीगाउँतर्फ जाँदै गरेका जनप्रतिनिधि र कर्मचारी बाेकेकाे बा १ च ५५०५ नम्बरको जिप बुधबार राति दुर्घटनामा परेको हो । घटनामा धार्चे गाउँपालिका–६ का सचिव किरण रिमालको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्याल्य, गोरखाका इञ्चार्ज सुकबहादुर बिकले जानकारी दिए ।

दुर्घटनामा उपाध्यक्ष फूलमाया गुरुङ, धार्चे गाउँपालिका–५ का शर्मिला गुरुङ, निशा गुरुङ, केरौजाका बालचन्द्र गुरुङ, लाप्राकका धनबहादुर गुरुङ, माछाखोलाका केयरसि‌ंह गुरुङ र काठमाडौंका सुरज नेपाल घाइते भएका छन् । यीमध्ये चारको अवस्था गम्भीर रहेकाे ट्राफिक प्रहरी इञ्चार्ज बिकले जानकारी दिए ।

घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएकाे छ । नेपाली सेनाको हेलिकोप्टरबाट घाइतेलाई  काठमाडाै‌ं पठाइएकाे धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

प्रहरीका अनुसार, अपांगता परिचयपत्र वितरणका लागि काशीगाउँतर्फ जाँदै गर्दा जिप दुर्घटनामा परेको हो ।

प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल भएर दुर्घटना भएको खुलेको छ । प्रहरीका अनुसार, जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment