+

ईपीएल क्रिकेट स्थगित

२०७६ फागुन  २२ गते १४:३१ २०७६ फागुन २२ गते १४:३१
ईपीएल क्रिकेट स्थगित

२२ फागुन, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट स्थगित भएको छ ।

चैत १ बाट सुरु हुने यो सिजन बिग बोस क्रिस गेलसहितका स्टार खेलाडीहरु आउने पक्का भएको थियो । तर विश्वभर कोरोनाको संक्रमण फैलिएपछि आयोजक ईपीएल प्रालीले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो ।

ईपीएल पालिका प्रमुख अमिर अख्तरले भने, ‘६/७ महिनादेखि ईपीएलको तयारी गरेका थियौं । खेलाडी र फ्यानहरुको सुरक्षाका कारण प्रतियोगिता तोकिएको समयमा गर्न नसकिने भयो । अर्को सूचना नआएसम्मका लागि स्थगित गरेका छौं ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय