+
+

भारतीय राजदूतले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाए

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २२ गते १६:०४

२२ फागुन, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

आइतबार नेपाल आइपुगेका राजदूत क्वात्राले राष्ट्रपति भण्डारीसमक्ष आफ्नो ओहादाको प्रमाणपत्र प्रस्तुत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । फ्रान्सबाट फर्किए लगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि राजदूत नियुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?