+
+
Shares

एमाले सचिवालय बैठक बस्दै, कार्यविभाजन मुख्य एजेण्डा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते ८:२०

४ जेठ, काठमाडौं । नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बोलाइएको छ ।

बैठकबाट स्थायी कमिटी, पोलिटब्युरो, जिल्ला इन्चार्जलगायत जिम्मेवारी बाँडफाँटका साथै विभागीय प्रमुख, उपप्रमुख र इन्चार्ज तोक्ने तयारी छ ।

११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको एमालेले नेताहरूको कार्यविभाजन गरेको छैन । आजको बैठकमा अध्यक्ष ओलीले कार्यविभाजनको प्रस्ताव पेस गर्ने र त्यसमाथि छलफल गरी निर्णय गर्ने एमालेले जनाएको छ ।

आजको बैठकमा समसामयिक राजनीतिको विषयमा पनि छलफल हुन सक्ने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?