Comments Add Comment

गर्भावस्थामा होली खेल्दा के असर हुन्छ ?

साथीभाई तथा आफन्तहरुसँगको मस्ती तथा मज्जाको सिमा पार गरेर एउटा छुट्टै रमाईलोको अनुभुति गराउने रसिलो चाड पनि हो, होली । न जाडो न त गर्मी नै मौसमले पनि रमाईलो बनाएको हुन्छ होलीलाई ।

होलीमा घरका सदस्य अनि साथीहरुसँग पुवा (एक किसिमको मालपुवा) अनि दालपुरीका साथ भाङ्गको आनन्द लिन पाउनुको पनि आफ्नै महत्व तथा रमाईलो छ । त्यसमा मिठो परिकारहरुको स्वाद, रङ्ग र अबिरको मस्तीले अझ आनन्द थपिएको महसुष गराउँछ ।

तर यस्तो रमाईलो माहोलमा गर्भवती महिला सरिक हुने कि नहुने ? साथिहरु तथा आफन्तहरुसँग होली खेल्दा गर्भको बच्चालाई असर हुन्छ कि हुदैन ? अनि मिठो परिकारको आनन्द लिने कि नलिने ? धेरैलाई जिज्ञासा हुन सक्छ ।

अहिले बजारमा अनुहारमा पनि लगाउन मिल्ने र छालामा कुनै असर नगर्ने, सजिलै पखालिने किसिमका रंगहरु पाईन्छ । मेहन्दी तथा अन्य हर्बलहरुबाट तयार गरिएका रङ तथा अबिरहरु बजारमा उपलब्ध हुने भएकाले गर्भवती महिलाहरुले यस्ता रङ तथा अविरले रमाईलो गर्न सक्छन् । तर यस्ता रंगहरु महङ्गो  हुने भएकाले सबैले प्रयोग गर्दैनन् ।

तर, गर्भको बच्चालाई असर होला

तर होलीमा प्रयोग गरिने रंगहरु सस्ता र कम गुणस्तरको हुन सक्छ । यस्ता कम गुणस्तरका र अत्याधिक प्रयोग हुने रातो रंगमा मर्करी सल्फेट नामक रसायन प्रयोग गरिएको हुन्छ ।

डा. बालकृष्ण साह

यो रसायन छालाबाट अवशोषित भएर रगतमा जाने र यसले छालाका क्यान्सर, आँखाको दृष्टि कमजोर हुने, पक्षघात गराउने हुन सक्छ । यो मर्करी सल्फेटले गर्भको बच्चाको बृद्धिमा असर गर्ने भएकोले गर्भवतीले खेल्न हुदैन । त्यस्तै हरियो रंगमा कपर सल्फेट भन्ने रसायन प्रयोग गरिएको हुन्छ । कपर सल्फेटले बिशेषगरी आखा चिलाउने, सुन्निने, रातो हुने तथा केहिबेर अन्धो बनाउन सक्छ ।

तर यो पनि गर्भवति महिलाले प्रयोग गर्नु हुदैन । यसले गर्भको बच्चाको बृद्धिमा असर गर्ने, हड्ड िकमजोर गर्ने तथा गर्भपतन समेत हुन सक्छ । निलो रगंमा प्रयोग हुने प्रसियन ब्लु भन्ने रसायन रगतमा नसोसिने हुने भएकोले यसले छालामा मात्र असर गर्ने हुन्छ । यसले छाला चिलाउने तथा फोका आउने हुन सक्छ र यसले गर्भमा खासै असर गर्न सक्दैन ।

गर्भवतीले नखेल्नु नै उत्तम

मनको रिसराग बिर्सेर रंग खेल्नुले मनमा उर्जा दिने हुन्छ तर रंगलाई तुरुन्त सफा गर्नु पर्छ । गर्भवती महिलाले रंग नखेल्नु नै राम्रो हुन्छ । त्यसतै अबिरमा पनि सिसाका धुलो हुने भएकोले टाउको नखेल्नु नै राम्रो हो ।

होलीमा रंग र अबिर खेल्नु संगसंगै खानेकुराको नि मज्जा लिने गरिन्छ । मालपुवा, मिठाई, सेल, पुरी अनि मासु होलीमा सबैका घरमा बनेको हुन्छ ।

हुन त भाङ्ग, गाजा, मद्यपान खाने चलन नि छ । समान्यतया यी खानेकुरा चिल्लो हुन्छन्, त्यसैले गर्भवती महिलाहरुले यी कुराहरु नखाने हुन्छन् तर  मद्यपान वा भाङ्ग र गाजा बाहेक आफुलाई रुचेको खानेकुराको मज्जा गर्भवती महिलाहरुले पनि लिन मिल्छ । तर गर्भवती महिलाहरुले थोरै थोरै गरेर धेरै पटक खानेकुरा लिएको राम्रो हुन्छ ।

होली खेल्दा गर्भवती महिलाहरु सहभागी हुनु, गुणस्तरिय रङ्ग खेल्नु, खानेकुराको मज्जा लिनु राम्रो हो । तर होली खेल्दा गर्भवती महिलाहरु सजग हुनु पर्छ । भागदौड, लुकिछुपी अनि खेलखेलमा लडिने वा चोट लाग्ने हुन सक्छ । यस्तो चोट घातक हुन सक्ने भएकोले होसियार र संयमित भएर होली खेल्ने र रमाउने गर्नु पर्छ ।

लेखक महिला तथा प्रसूती रोग विशेषज्ञ हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment