
बलिउड नायिका सन्नी लियोनीले आफ्ना फ्यानसँग सेल्फी लिन अस्विकार गरेकी छिन् । कोरोन संक्रमणको डरले उनले फ्यानिसँग सेल्फी लिन अस्विकार गरेकी हुन् ।
सन्नीले सेल्फी लिन नमानेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । धेरैले उनलाई ट्रोल पनि गरेका छन् । कतिपयले सन्नीलाई घमण्डीको ट्याग समेत दिएका छन् ।
तर, सन्नी आफू कोरोनाबाट सुरक्षित रहन सेल्फी अस्विकार गरेको बोलेकी छिन् । उनले भनेकी छिन्, ‘मलाई कोरोनाबाट संक्रमित हुनु छैन । त्यसैले मैले सेल्फी आस्विकार गरेको हुँ । नत्र मेरो फ्यानलाई मैले निराश बनाउने थिइन् ।’
सन्नीले आफू कोरोनाबाट सुरक्षित रहने प्रयास गरिरहेको र अन्यलाई कोरोनाबाट सुरक्षित रहन अग्रह गर्छिन् । उनले भनिन्, ‘तपाईहरु पनि भिडभाडबाट टाढा रहनुस् । सबैभन्दा महत्वपूर्ण भनेको तपाईको स्वास्थ्य नै हो ।’
सन्नी बलिउडमा सफल नायिकाको रुपमा चिनिन्छिन् । सन्नीले नेपाली चलचित्रमा पनि काम गरेकी छिन् । उनले ‘पसवर्ड’ नामक नेपाली चलचित्रमा आइटम नृत्य गरेकी छिन् । उक्त चलचित्रको प्रिमियरमा सहभागी हुन सन्नी नेपाल आएकी थिइन् ।
प्रतिक्रिया 4