
२५ फागुन, काठमाडौं । आख्यानकार एवं समालोचक डा. ऋषिराज बराललाई वर्ष २०७६ को ‘हृदयचन्द्र स्मृति सम्मान’ दिइने भएको छ । ‘साहित्य सदन नेपाल’ले प्रदान गर्दै आएको यो सम्मान यस वर्ष बराललाई दिने निर्णय भएको सचिव मित्रलाल पंज्ञानीले जानकारी दिए ।
पाँच दशकदेखि लेखनमा सक्रिय डा. बरालका तीन उपन्यास, आठ कथासंग्रह, तीन निबन्ध र दशवटा समालोचना पुस्तक प्रकाशित छन् ।
२०५७ सालदेखि दिँदै आइएको हृदयचन्द्र स्मृति सम्मान यसअघि आनन्ददेव भट्ट, श्यामल, इस्माली, नारायण ढकाललगायतका स्रष्टाले पाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4